मजदुरसँग प्रचण्ड – Kanika Khabar
Saturday, May 18Nepali News Portal

मजदुरसँग प्रचण्ड

    मा प्रकाशित

कार्तिक ३, दाङ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाकाे निर्वाचनमा उम्मेदवार तथा दलहरूले प्रचार प्रसार तीव्र बनाएका छन् ।

दाङ क्षेत्र नं. २ (ख) मा सत्तारूढ बाम लाेकतान्त्रिक गठबन्धनका उम्मेदवार प्रचण्ड विक्रम न्याैपाने पनि चुनाव दाैडाहमा व्यस्त रहेका छन् ।

आज बिहिबार तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का गाउँगाउँमा पुगेका नेता प्रचण्डले जनताका गुनासा मात्र सुनेनन् मजदुरसँग सहकार्य पनि गरे ।

उम्मेदवारसहित चुनावी प्रचार प्रसार टाेली वडा नं. १७ काे जमेरा गाउँमा पुग्दा मजदुरहरू काममा तल्लीन थिए । घर निर्माण कार्यमा व्यस्त रहेका मजदुर काेही उम्मेदवारसँग कुरा गर्न थाले त काेही आफ्नै काममा निरन्तर लागिरहे । उम्मेदवार प्रचण्डले बेल्चा उठाएर गिट्टी र बालुवा भर्न थाले । मजदुरहरू अचम्म मात्र परेनन् जनतासँगै काममा खटिने नेता चाहिएकाे बताए ।

काम गर्दै गरेका धनिराम चाैधरीले भने, ` नेताहरू आउँथे, भाेट माग्थे जान्थे तर तपाईं त हामीसँगै काम गर्नुभयाे हामीलाई खुशी लाग्याे । ´ उनले थपे, `एकछिन हजुरले सघाएर हाम्राे काममा राहत मिल्ने त हाेइन तर मजुदरकाे दुःख, पीडा र समस्या महसुस गर्न सक्नुभयाे । हामी मजदुरकाे दैनिकी यस्तै कठिनाइपूर्ण छ । हाम्रा हित, अधिकार र सुविधाका लागि पनि कानुन बनाउनुहाेला, हाम्रा पक्षमा अधिकार ल्याउनुहाेला ।

जनताका पीडा र गुनासा सुन्दै र टिपाेट गर्दै गरेका नेता प्रचण्डले भने, `हामी तपाईंकै काममा लागि खटिएका छाैँ, तपाईंले दिएकाे मतकाे म कदर गर्नेछु, आहा भन्ने समय ल्याउनेछु ,छ्या भन्ने दिन आउनेछैन ।´ उनले थपे, ` थुप्रै पटक शासन व्यवस्था परिवर्तन भयाे तर साेचे अनुसार जनताकाे अवस्था परिवर्तन भएकाे छैन । अब अवस्था परिवर्तन गर्छाैँ । मजदुरका पक्षमा नियमन तयार गर्छाै, ढुक्क हुनुहाेस् ।´

जनताका घरआँगनमा पुगेका उम्मेदवार प्रचण्डसँग जनताले विकास माग्न पनि पछि परेनन् ।

काममै व्यस्त रहेका जङ्कु चाैधरीले भने, ` हामी किसान हाैँ, किसानका लागि सिचाइ, मल, बीऊकाे व्यवस्थापन, उत्पादनलाई बजारीकरणकाे व्यवस्थापन गरिदिन पर्याे । ´

किसान लक्षित विकासकाे माग गरेका जनताका लागि प्रतिवद्धता व्यक्त गरेका प्रचण्डले कृषि उत्पादन, कृषि बजारीकरण र ग्रामीण पर्यटकीयका माध्यमबाट गाउँकाे विकास गर्नु याेजनामा समेत जाेड दिए ।

आज बिहीबार तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का जमेरा गाउँ, बकाैसी, मानपुर, जिनुवा गाउँ, बनकट्टा, झिङै, मजगाउँ लगायतका स्थानमा घरदैलाे कार्यक्रम रहेकाे थियाे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्