नेकपा स्थायी कमिटिको बैठक आज पनि बस्दै – Kanika Khabar
Tuesday, May 13Nepali News Portal

नेकपा स्थायी कमिटिको बैठक आज पनि बस्दै

    मा प्रकाशित

कनिका संवाददाता
असार १२, काठमाडौं
एमसीसी परियोजना, सरकारको काम, रुकुम घटनालगायतका बारेमा छलफल गर्न सत्तारुढ नेकपाको स्थायी कमिटि बैठक आज पनि बस्दैछ । बैठकमा स्थायी कमिटिका सदस्यले यसअघि तय भएका एजेण्डाका बारेमा आआफ्नो धारणा राख्नेछन् । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा मुख्यगरी पार्टी सञ्चालनको बारेमा समीक्षा हुने र एमसीसीको बारेमा निर्णय हुने स्थायी कमिटि सदस्य देवेन्द्र पौडेलले सीआईएनसँग बताउनुभयो । अस्ति सुरु भएको स्थायी कमिटि बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्वोधन गर्नुभएको थियो । सम्वोधनको क्रममा अध्यक्ष प्रचण्डले आलोपालो रूपमा सरकार चलाउने सहमति छोडेर गल्ती गरेको टिप्पणी गर्नुभएको थियो भने अर्का अध्यक्ष ओलीले नेतृत्वलाई खुइल्याउने प्रवृत्ति पार्टीभित्र बढेको भन्दै असन्तुष्टि जनाउनुभएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्