बिकटका ‘सारथि’ शर्मा र खनाल – Kanika Khabar
Saturday, May 18Nepali News Portal

बिकटका ‘सारथि’ शर्मा र खनाल

    मा प्रकाशित

कार्तिक ४, दाङ ।
दाङको घोराही उपमहानगरको बिकट मानिने १९ नम्बर वडामा गठबन्धनका तर्फबाट प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारहरुले मतदाता भेटघाट गरेका छन् । प्रतिनिधिसभा सदस्य उम्मेदवार रेखा शर्मा र प्रदेशसभा सदस्य उम्मेदवार राजु खनालले मतदाताहरुलाई भेट गरेर त्यहाँका समस्या सुने । त्यहाँका बासिन्दाहरुले आफूहरु घोराही उपमहानगरबासी भएको भएपनि त्यो अनुभुत अहिले सम्म उपमहानगरले दिलाउन नसकेको बताए । साथै उनीहरुले अब उपल्ला सरकारबाटै आफ्ना आधारभुत आवश्यक्ता परिपूर्तिका लागि शर्मा र खनाल समक्ष अनुरोध गरे ।

मतदाताहरुले सैघामा सडकको समस्या मुख्य समस्या रहेको सुनाए । यसैगरि खानेपानीको सहज आपूर्ति नहुँदा छट्टपटिनु परेको भन्दै उनिहरुले सरकारको अनुभुती गराईदिन उम्मेदवार शर्मा र खनाल समक्ष अनुरोध गरे । विद्युत, स्वास्थ्यको समस्या रहेको र समस्या समाधान का लागि उनिहरुले आग्रह गरेका थिए । उम्मेद्वाहरुले त्यस क्षेत्रका समस्याका लागि अब आफूहरु अग्रसर बन्ने बताएका थिए । यसैविच लाकुरी वजारमा वडा सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ । कार्यक्रममा वोल्दै क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य रेखा शर्माले देशमा समृद्धि र विकासका लागि गठवन्धन भएको बताइन् । गठवन्धनको मर्म सैघा वासीले स्थानिय तहमा देखाएको भन्दै आउदो निर्वाचनमा पनि सैघावासीले देखाउने बताइन् । सैघा विकासको हिसावले पिछडिएको भन्दै आफुहरु विजयी भएमा प्राथमिक्तामा राखेर काम गर्ने उनले बताइन् । सबै जनता समान भएकाले सबैलाई समान दृष्ट्रिले गर्ने उनको बताइन् ।

दाङ क्षेत्र नं २ क का उम्मेद्वार राजु खनालले जनतालाइ भाषण नभई काम चाहिएको बताए । गठवन्धनले भाषण नभइ काम गर्ने उनको भनाइ रहेको थियो । गठवन्धनले जनताको आवश्यकता अनुसार काम गर्ने समेत उनले बताए । ‘गठवन्धनले जनताको भावना बुझेर अगाडि बढ्ने छ ’ उनले भने । जनताको हितमा काम गर्ने गठवन्धनलाई विजयी वनाउन समेत उनले आग्रह गरे । विपक्षीहरुले गठवन्धन वलियो देखेर विभिन्न भ्रम फैलाउने गरेको भन्दै सचेत बन्न समेत आग्रह गरे । आफ्नो क्षेत्रको विकासका र नागरिकलाइ अधिकार प्रदान गर्ने योग्य उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । सैघाको विकासमा विगत देखि नै पहल गर्दै आएको भन्दै आउदा दिनमा निरन्तरता दिने उनको भनाइ रहेको थियो । देशलाई अशान्ति वाट बचाउनका लागि गठवन्धन गरेर अगाडि वढेको समेत स्पष्ट पारे । अहिलेको गठवन्धनले देशमा संविधानको रक्षा तथा शान्ति स्थापनको लागि काम गर्ने उनको भनाइ रहेको छ । नेपाली कांग्रेसका महासमिती सदस्य भुपवहादुर डाँगीले एकताको सन्देश सैघा वासीले देखाएको बताए । आउदो निर्वाचनमा पनि सैघा वासीले गठवन्धनको मर्म देखाउने उनको भनाइ रहेको छ । सैघा बासीहरुलाई अरुलाई शिक्षा दिने काम गरेको भन्दै यस वाट अरुले सिक्नु पर्ने बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्