आउँदो मङ्गलबार खण्डग्रास सूर्य ग्रहण लाग्ने – Kanika Khabar
Saturday, May 18Nepali News Portal

आउँदो मङ्गलबार खण्डग्रास सूर्य ग्रहण लाग्ने

    मा प्रकाशित

कार्तिक ४, दाङ ।
आउँदो मङ्गलबार खण्डग्रास सूर्य ग्रहण लाग्ने भएको छ । यूरोपका विभिन्न भागहरु, उत्तरपूर्वी अफ्रिका तथा पश्चिम, मध्य र दक्षिण एसियाबाट यो ग्रहण देख्न सकिने विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले जनाएको छ ।

समितिका अनुसार रुसको साइवेरिया मैदानबाट उच्चतम सूर्य ग्रहणको मध्य देख्न सकिन्छ भने नेपालको सबै भागबाट केही क्षणका लागि सूर्यास्तको समयमा पश्चिम–दक्षिण भागमा ग्रहण देखिनेछ ।

नेपालबाट सूर्यास्तको समयमा सूर्य क्षितिजबाट लगभग ७ देखि १३ डिग्रीको उचाई कोणमा सूर्य रहने हुँदा सूर्य ग्रहण पूर्ण अवधिसम्म अवलोकन गर्न नसकिने विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरीले जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्