आजदेखि सत्तारुढ गठबन्धनको प्रदेशव्यापी चुनावी प्रशिक्षण अभियान – Kanika Khabar
Saturday, May 18Nepali News Portal

आजदेखि सत्तारुढ गठबन्धनको प्रदेशव्यापी चुनावी प्रशिक्षण अभियान

    मा प्रकाशित

कार्तिक ४, दाङ ।
सत्तारुढ गठबन्धनले आजदेखि प्रदेशव्यापी चुनावी प्रशिक्षण अभियान सुरु गर्दैछ । काँग्रेस, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेता आज प्रदेशव्यापी चुनावी प्रशिक्षणको क्रममा पोखरा र त्यसपछि बुटवल पुग्दैछन् ।

अभियानको लागि प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा हिजो नै पोखरा पुगिसक्नुभएको छ । प्रशिक्षणलाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि आज पोखरा जाने तय भएको छ ।

गठबन्धनले आजै लुम्बिनी प्रदेशको बुटवलमा पनि प्रशिक्षण कार्यक्रम राखेको छ । गठबन्धनले भोलि विराटनगर र जनकपुरमा तथा पर्सि धनगढी र सुर्खेतमा प्रशिक्षण कार्यक्रम गर्ने तय गरेका छन् ।

यस्तै आउँदो सोमबार काठमाडौँमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम रहेको गठबन्धनले जनाएको छ । सत्ता गठबन्धनले यसअघि काठमाडौं २ र ललितपुरमा संयुक्त प्रशिक्षण गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्