निर्वाचनका लागि सुरक्षा तयारी तीव्र – Kanika Khabar
Saturday, May 18Nepali News Portal

निर्वाचनका लागि सुरक्षा तयारी तीव्र

    मा प्रकाशित

कार्तिक ४, दाङ ।
सरकारले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि सुरक्षा तयारी तीव्र पारेको छ

। यसका लागि गृह मन्त्रालयले गाउँदेखि सहरसम्मका हरेक निर्वाचन स्थल र क्षेत्रमा भयरहित वातावरणमा मतदान सम्पन्न गराउन ४ वटै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

मन्त्रालयले निर्वाचन लक्षित एकीकृत सुरक्षा योजना बनाएर कार्यान्यवनमा लैजान देशभरका जिल्ला प्रशाशन कार्यालयमा पत्राचारसमेत गरिसकेको छ । सरकारले सीमा नाकामा कडाइ गर्नुका साथै सहर, बजार र गाउँ–गाउँमा पनि सिभिल तथा बर्दीमै सुरक्षाकर्मी खटाएको बताएको छ ।

निर्वाचन सुरक्षालाई लक्षित गर्दे यसपटक १ लाख १५ हजार म्यादी प्रहरी छनोट गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकप्रसाद राईले बताउनुभयो ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्