आयोगले सामाजिक सञ्जाललाई सुक्ष्म निगरानी गर्ने – Kanika Khabar
Monday, April 29Nepali News Portal

आयोगले सामाजिक सञ्जाललाई सुक्ष्म निगरानी गर्ने

    मा प्रकाशित

काठमाडौँ, ८ कार्तिक ।
निर्वाचन आयोगले सामाजिक सञ्जालको शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्टमा पनि निगरानी राखेको छ ।

फेसबुक,ट्वीटरजस्ता सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह नगर्न आग्रह गर्दै आयोगले कुनै प्रयोजनको लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा सेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्ट गर्न वा नगराउन भनेको छ ।

सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) गर्ने जस्ता भ्रामक टीकाटिप्पणी नगर्न र नगराउन पनि भनेको छ । निर्वाचनमा प्रतिकुल प्रभाव पार्ने उद्देश्यले सामाजिक सञ्जालमा एकाउन्ट खोल्न, झुटा वेवसाइट नखोल्न वा सञ्चालन नगर्न र नगराउन पनि आयोगले आग्रह गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्