मा प्रकाशित
काठमाडौँ, ९ कार्तिक ।
सत्तारुढ पाँच दलीय गठबन्धनले रुपन्देही क्षेत्र नम्बर २ मा जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापा मगरलाई समर्थन जनाउने निर्णय गरेको छ ।
गठबन्धनका उम्मेदवार नेकपा एसका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले जनमुक्तिलाई साझा उम्मेदवारका रूपमा समर्थन जनाएको शीर्ष नेताले बुधवार वक्तव्य मार्फत जनाएका छन् ।