तिहार लगत्तै निर्वाचन सामग्री ढुवानी सुरु गर्ने निर्वाचन आयोगको तयारी – Kanika Khabar
Monday, April 29Nepali News Portal

तिहार लगत्तै निर्वाचन सामग्री ढुवानी सुरु गर्ने निर्वाचन आयोगको तयारी

    मा प्रकाशित

काठमाडौँ, १० कार्तिक ।
तिहार लगत्तै निर्वाचन सामग्री ढुवानी सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ । हाल आयोगबाट निर्वाचन क्षेत्रमा पठाइने मतपत्रसहित ५७ प्रकारका सामानको प्याकिङ भइरहेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आवश्यक निर्वाचन सामग्री मध्ये १५ प्रकारको सामान जिल्ला निर्वाचन कार्यालयले नै खरिद गर्नेछ । निर्वाचनको मिति नजिकिँदै गर्दा आयोगले निर्वाचनका लागि आवश्यक पर्ने अन्य सामग्री ढुवानी सुरु गर्ने भएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दैनिक १० देखि २० वटा ट्रकमा निर्वाचन सामग्री ढुवानी गर्ने योजना रहेको बताउनुभयो । प्रदेश तथा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र पनि तिहारपछि ढुवानी सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ ।

प्रत्यक्षतर्फका लागि आवश्यक पर्ने ४ करोड मतपत्रमध्ये १ करोड ८५ लाख छपाइ भइसकेको छ । सडक मार्गबाट सामग्री पु¥याउन सम्भव नभए हेलिकप्टरबाट ढुवानी गरिने आयोगले जनाएको छ । यस्तै मतदाता शिक्षा पनि तिहार लगत्तै सुरु हुने आयोगको भनाइ छ ।

मतदाता शिक्षाका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री जिल्लामा पुगिसकेकाले स्थानीय स्वंयसेविका मार्फत मतदाता शिक्षा सञ्चालन गर्ने तयारीमा आयोग रहेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्