चाडपर्व सकिदै, चुनावी धपेडी बढ्दै – Kanika Khabar
Monday, April 29Nepali News Portal

चाडपर्व सकिदै, चुनावी धपेडी बढ्दै

    मा प्रकाशित

दाङ, ११कार्तिक ।
तिहार सकिएसँगै चाडबाडको माहोल विस्तारै कम भएको छ । तराई क्षेत्रमा मनाइने छठ पर्वपछि चुनावको धपेडी बढ्नेछ ।

चाडबाड कै बेला भए पनि घरदैलो, वडा भेला, कार्यकर्ता भेला जस्ता नाममा प्रचार प्रसार भइरहेको थियो भने सामाजिक सञ्जाल मार्फत पनि उम्मेदवारहरूले प्रचार सुरु गरिसकेका थिए । उम्मेदवार र दलले चुनावी आमसभा अबको १ हप्तापछि अर्थात् कात्तिक १८ गतेबाट मात्रै गर्न पाउनेछन् ।

यसपटक दलहरू चुनाव जित्नका लागि गठबन्धनको साहरा लिइरहेका छन् । सत्ता र विपक्षी गठबन्धन दुवै तर्फका उम्मेदवार बहुमत ल्याउने दाबीसहित चुनावी मैदानमा छन् । तर गठबन्धनका कारण उम्मेदवारी भाग नपुगेर निर्वाचन क्षेत्रमा देखिएको असन्तुष्टिका कारण एक दलका प्रतिवद्ध कार्यकर्ताको मत अर्को दलका उम्मेदवारलाई जाँदैन कि ? भन्ने संशय दलभित्रै देखिएको छ ।

गठबन्धनभित्रको यस्तो असन्तुष्टि र असहयोगको अवस्थालाई आफ्नो पक्षमा पार्न अर्को पक्ष जोडतोडका साथ लागिरहेको छ । यसपटकको चुनावमा पनि ठूला दलका शीर्ष नेताहरू तुलनात्मक रुपमा सजिलो अवस्थामा रहेको आँकलन गरिएको छ ।

केही उम्मेदवार पहिलो पटक विजयी हुने सपना देखिरहेका छन् भने केही जितको सङ्ख्या थप्न चाहिरहेका छन् । ठाउँठाउँमा कायम रहेका दुवै पक्षका गठबन्धनका बागी उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूलाई स्थापित दल र नेताहरूले चुनौतीका रुपमा लिएको छ ।

ठूला दलहरूले चुनावमा आफ्ना मुद्दा र प्राथमिकता समेटिएको घोषणापत्र अझै सार्वजनिक गरेका छैनन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्