तिहार सकिएपछि पुनः गाउँगाउँ पुग्दै उम्मेदवार – Kanika Khabar
Monday, April 29Nepali News Portal

तिहार सकिएपछि पुनः गाउँगाउँ पुग्दै उम्मेदवार

    मा प्रकाशित

दाङ, १२ कार्तिक ।

नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार सकिएलगत्तै पुनः चुनावी माहोल तात्न थालेको छ । केही दिन आराम गरेका उम्मेदवार र दलका नेता कार्यकर्ता पुनः गाउँगाउँमा पुग्न थालेका छन् ।

यसैक्रममा आज विहानै दाङ क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेदवारहरुले वडा नम्बर १२ बाट चुनाव अभियान सुरु गरेका छन् । प्रतिनिधिसभा सदस्य उम्मेदवार रेखा शर्मा र दाङ २(२)का प्रदेशसभा सदस्य उम्मेदवार प्रचण्डविक्रम न्यौपानेले विहानैदेखि मतदातासँगको भेटघाट सुरु गर्नुभएको छ ।

सो क्रममा बोल्दै माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेका उम्मेदवार रेखा शर्माले विगतको चुनाव र यो चुनाव एउटै नभएको बताउनुभयो । अब संविधान र ऐन कानुन बनाउने काम सकिएकाले यसलाई बचाउँदै विकास निर्माणका काममा पूर्णरुपमा अघि बढ्ने बताउनुभयो ।

प्रदेशसभा सदस्यका उम्मेदवार प्रचण्डविक्रम न्यौपानेले संविधान, लोकतन्त्र र समृद्धिका लागि बनेको गठबन्धन निकै बलियो रहेकाले यसकै बलमा विकास निर्माणका धेरै काम गर्न सकिने बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्