माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाको चुनावी घोषणापत्र आज आउने – Kanika Khabar
Thursday, May 16Nepali News Portal

माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाको चुनावी घोषणापत्र आज आउने

    मा प्रकाशित

काठमाडौँ, १४ कार्तिक ।
नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र राप्रपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछन् ।

माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलका अनुसार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि तयार पारिएको घोष्णापत्र सार्वजनिक गर्ने तयारी भएको छ ।

राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषय घोषणापत्रमा उठाइएको नेता पोखरेलले बताउनुभयो ।

एकीकृत समाजवादी पार्टीले पार्टी केन्द्रीय कार्यालय मीनभवन काठमाडौँमा दिउँसो १ बजे घोषणापत्र सार्वजनिक गर्न लागेको महासचिव डा बेदुराम भुसालले सीआईएनसँग बताउनुभयो । एकीकृत समाजवादीले ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक सामाजिक रूपान्तरण समृद्धि समाजवादको आधार’भन्ने मूल नारा बनाएको छ ।

शिक्षा र स्वास्थ्यमा राज्यले लगानी गर्ने र जनतालाई निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्यको व्यवस्था गर्नेसहितका विषय घोषणापत्रमा समेटिएको महासचिव भुसालले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्