बाराका थप १७ जना कोरोना सङ्क्रमण मुक्त – Kanika Khabar
Sunday, November 29Nepali News Portal

बाराका थप १७ जना कोरोना सङ्क्रमण मुक्त


    मा प्रकाशित

कनिका खबर
असार १२, बारा ।
बाराका थप १७ जनाले कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन् । जिल्ला अस्पताल मातहत रहनेगरी कलैया उपमहानगरपालिका ३ गंगापुरस्थित शैक्षिक तालिम केन्द्रमा निर्माण गरिएको अस्थाई कोरोना विशेष अस्पतालबाट आज १७ जना संक्रमित डिस्चार्ज भएका हुन् । यससँगै अस्पतालबाट दुई कोरोना आशंकितसँगै ९९ जना डिस्चार्ज भएका छन् ।
आज डिस्चार्ज हुनेमा पचरौता नगरपालिकाका एक महिलासहित नौ जना, आदर्शकोतवाल गाउँपालिकाका चार जना, सिम्रौनगढ नगरपालिकाका तीन जना र सुवर्ण गाउँपालिकाका एक जना रहेको अस्पतालका डा. प्रदिप चौधरीले जानकारी दिए । जेठ १२ देखि २५ गतेसम्म विभिन्न मितिमा संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका उनीहरुमा लामो समयसम्म संक्रमणको कुनै लक्षण नदेखिएको र एकैसाथ स्वाब संकलन गरि गरिएको पछिल्लो रिपोर्ट नेगेटिभ आएका कारण घर पठाइएको डा. चौधरीले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्