नेकपाको स्थायी कमिटीको बैठक बस्दै – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नेकपाको स्थायी कमिटीको बैठक बस्दै

    मा प्रकाशित

कनिका खबर
असार १३, दाङ ।
बुधबारदेखि सुरु भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । आजको बैठक पनि प्रधानमन्त्री निवास बालुवाटरमा ११ बजेपछि सुरू हुनेछ ।

हिजो शुक्रबार १८ जना सदस्यले धारणा राखेका थिए भने आजको बैठकमा बाँकी सदस्यले धारणा राख्ने छन् । बुधबारकै बैठकले तय गरेका सात एजेन्डाका विषयमा बैठकमा छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

हिजोको बैठकमा भारतसँगको सीमा विवादबारे सदस्यहरूले धारणा राखेका थिए।

हिजोको बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली सहभागी नभएको भन्दै सदस्यहरूले विरोध जनाएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्