देशभरका क्वारअन्टिन अव्यवस्थित, मापदण्ड एकातिर काम अर्कोतिर – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

देशभरका क्वारअन्टिन अव्यवस्थित, मापदण्ड एकातिर काम अर्कोतिर

    मा प्रकाशित

कनिका खबर
असार १३, दाङ ।
सरकारले कोरोना भाइरस (कोभिड–१९) सम्बन्धि क्वारअन्टिन सञ्चालन तथा व्यवस्थापन गर्न सात पन्नाको मापदण्ड नै बनाएर सबै स्थानीय तहलाई पठाएको थियो । संघीय सरकारले मापदण्ड पठाएको तीन महिना बितिसक्दा समेत अधिकांश क्वारअन्टिन मापदण्ड विपरीत सञ्चालनमा छन् । कतिपय क्वारअन्टिनमा कोरोना सङ्क्रमणको जोखिम छ भने केहीमा स्वास्थ मानिस समेत बिरामी पर्ने अवस्था छ । क्वारअन्टिन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७७ को पाँच नम्बर बुुदाँले भन्छ, कम्तिमा एउटा कोठामा बढीमा तीन जनाको दरले बस्नु पर्ने र ६ जनाका लागि एउटा साझा शौचालय र स्नानगृह भएको हुनुपर्नेछ ।
क्वारअन्टिनहरू, कोरोना सङ्क्रमण स्थल बनिरहेको गुनासो बढ्दै जाँदा, प्रधानमन्त्रीले पनि पटक पटकको सम्बोधनमा अब व्यवस्थित बनाइने बताएका थिए । तर अझै पनि प्रधानमन्त्रीले भने झैं देखिएको छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता बसन्त अधिकारी स्थानीय सरकारहरूसँग यस विषयमा मन्त्रालयले बारम्बार छलफल गरिरहेको र समन्वयमा काम भइरहेको बताउछन् ।
संघीय संसद प्रतिनिधि सभा अन्तरगतको महिला तथा सामाजिक समितिको बैठकमा पनि क्वारअन्टिन अव्यवस्थित भएको बिषयमा छलफल भएको थियो । समितिले क्वारअन्टिन व्यवस्थापन गर्न सरकारलाई निर्देशन पनि दिएको छ । पछिल्लो सरकारी तथ्याङ्क अनुसार देशभरका क्वारअन्टिनमा रहनेको सङ्ख्या ७१ हजार १२ रहेको छ । जसमा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा २३ हजार पाँच सय ३० रहेका छन् । प्रदेश पाँचमा २२ हजार दुुइ सय २८ जना छन् भने सबैभन्दा कम बागमती प्रदेशमा दुुई हजार चार सय ७५ जना क्वारअन्टिनमा छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्