बुढीनन्दाको उपभोक्ता समितिमा शतप्रतिशत महिला सहभागिताको नीति पारित – Kanika Khabar
Friday, February 14Nepali News Portal

बुढीनन्दाको उपभोक्ता समितिमा शतप्रतिशत महिला सहभागिताको नीति पारित

    मा प्रकाशित

कनिका खबर
असार १३, बाजुरा ।
बाजुराको बुढीनन्दा नगरपालिकाले आगामि आर्थिक वर्षको नीति, कार्यक्रम तथा वजेट सार्वजनिक गरेको छ । कृषि, स्वास्थ्य, सडक, रोजगारी तथा पूर्वाधारलाई मुख्य प्रथामिकता दिदै बुढीनन्दा नगरपालिकाको चौथो नगर सभाबाट आर्थिक वर्ष २०७७÷०७८ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक भएको हो । कार्यक्रम अन्र्तगत नगरपालिकाका प्रत्येक वडामा एउटा उपभोक्ता समितिमा शत प्रतिशत महिला मात्र समावेश गरिएको उपभोक्ता समिति गठन गरी कार्यन्वयन गरिने नगरपालिकाका प्रशासन शाखा प्रमुख गोकर्णराज रेग्मीले बताए ।
नगरपालिकाका नगर प्रमुख पदम कुमार गिरीले आर्थिक वर्ष २०७७÷०७८को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नगरपालिकाको चौथो नगर सभाबाट नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख गिरीले नगरपालिकाको विकास र समृद्धिमा जोड दिने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको बताए । सभाले कोरोना महामहारीलाई मध्यनजर गर्दै कृषि, स्वाास्थ्य, शिक्षा लगायतलाई मुख्य प्रथामिकतामा राखेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्