उद्योग दिवसमा उद्योगी सम्मान – Kanika Khabar
Wednesday, May 1Nepali News Portal

उद्योग दिवसमा उद्योगी सम्मान

    मा प्रकाशित

अमरराज आचार्य
दाङ, १० मंसिर । आठौँ उद्योग दिवसको अवसरमा जिल्लामा उद्योगीलाई सम्मान गरिएको छ । ‘औद्योगिक लगानी र पूर्वाधार समृद्धिको बलियो आधार’ भन्ने नाराका साथ आयोजना गरेको कार्यक्रममा घरेलु तथा साना उद्योगीहरूलाई सम्मान गरिएको हो । कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय दाङको आयोजनामा भएको हो ।

कार्यक्रममा दंगीशरण गाउँपालिकाका सम्पती चौधरी, बबई गाउँपालिकाका बलबहादुर बुढा, घोराही उपमहानगरपालिकाका वीरबहादुर चौधरी, तुलसीपुर उपमहानगरपालिकाका तिलसरा पुन, राप्ती गाउँपालिकाका रेशम शर्मा, राजपुर गाउँपालिकाका फुलमाया घर्ती, गढवा गाउँपालिकाका सविना खातुन र बंगलाचुली गाउँपालिकाका खेतुलाल विश्वकर्मालाई सम्मान गरिएको हो । उनीहरूलाई प्रमाण पत्र र दोसल्लाले सम्मान गरिएको थियो । स्थानीय तहको सिफारिसमा उनीहरूलाई सम्मान गरिएको हो । उद्योगीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यसरी सम्मान गरिएको घरेलु तथा साना उद्योग कार्यालय दाङले जनाएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले देशलाई आत्मनिर्भर र समृद्धि हासिल गर्न उत्पादनमा जोड दिनुपर्ने बताए । ‘देशको विकासका लागि उत्पादनमा जोड दिनु पर्दछ’, प्रमुख शर्माले भने । उत्पादन बढाउनका लागि राज्यले आप्mनो तर्फबाट नीति, योजना बनाएर अगाडि बढ्नुपर्ने समेत उनले बताए । स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ रहेको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले पछिल्लो समय उद्योग तथा व्यवसायी क्षेत्रमा विभिन्न समस्या रहेको बताए । जसले गर्दा उद्योग तथा व्यवसाय बन्द हुँदै गएको उनको भनाइ छ । कोभिड–१९ले थला परेका उद्योग व्यवसाय बैंक व्याजले थप मारमा परेको अध्यक्ष बुढाथोकीले बताए । राज्यले उचित वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ रहेको छ । ‘उत्पादन गरेर नहुने भन्दै उत्पादनको बजारीकरण हुनु पर्दछ’, उनले भने ।

राज्यले बजारीकरणको ग्यारेन्टी गरिदिनुपर्नेे उनले बताए । पछिल्लो समय महिलाहरूको व्यावसायिक क्षेत्रमा आकर्षण बढ्दै गएको समेत उनले बताए । सम्मानित व्यक्ति तिलसरा पुनले आफनो इच्छाशक्ति भएमा हरेक क्षेत्रमा अगाडि बढ्न सकिने बताइन् । आप्mनो जुन क्षेत्रमा रुचि हुन्छ त्यसै क्षेत्रमा अगाडि बढ्न समेत उनले आग्रह गरिन् ।

कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लालबहादुर गुरुङको अध्यक्षतामा भएको थियो । कार्यालयका उद्योग शाखा प्रमुख ईश्वरी पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कार्यालयका शाखा अधिकृत विक्रम केसीले गरेका थिए । उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय दाङको परिसरमा फूलका विरूवा रोपिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्