भक्तपुरका फुटबल संघको विषयमा एन्फाको अनुशासन समितिमा उजुरी – Kanika Khabar
Wednesday, March 11Nepali News Portal

भक्तपुरका फुटबल संघको विषयमा एन्फाको अनुशासन समितिमा उजुरी

    मा प्रकाशित

कनिका खबर
असार १३, भक्तपुर ।
विघटित भक्तपुर जिल्ला फुटबल संघका पदाधिकारीले अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्णयविरुद्ध एन्फाकै अनुशासन समितिमा उजुरी दर्ता गरेका छन् । विघठित भक्तपुर फुटबल संघका अध्यक्ष गौतम सुजखुको नेतृत्वमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा महासचिव इन्द्रमान तुलाधरलाई उजुरी पत्र बुझाएको छ ।
उजुरी दर्ता गर्दा धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दीपक खतिवडा र एन्फाले निलम्बन गरेको ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापा रहनुभएको थियो । कारवाही गर्दा सदस्यलाई स्पष्टिकरण लिई सुनुवाइको मौका दिएपछि मात्र आवश्यक परे चेतावनी सहित जरिवाना गर्ने, व्यक्तिलाई सजग गराउने, निष्काशन तथा निलम्बन गर्ने प्रक्रियालाई समेत बेवास्ता गरी एन्फाले विधान विपरित जिल्ला संघ पुर्नगठन गरेको उजुरीमा उल्लेख छ ।
छानविन समितिको प्रतिवेदनको आधार देखाउँदै एन्फाले असार २ गते भक्तपुर जिल्ला फुटबल संघलाई पुर्न गठन गरेको थियो । एन्फा कार्यसमितिको आपत्कालिन बैठकले किशोर हेक्काको अध्यक्षतामा १३ सदस्यीय भक्तपुर जिल्ला तदर्थ समिति गठन गरेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्