‘विप्लव’ नेतृत्वको नेकपाका ६ जना पक्राउ – Kanika Khabar
Friday, September 11Nepali News Portal

‘विप्लव’ नेतृत्वको नेकपाका ६ जना पक्राउ

    मा प्रकाशित

कनिका खबर
असार १४, दाङ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ६ जना कैलालीमा पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका १२ जुगेडा क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सो समूहका कैलाली जिल्ला जनसरकार प्रमुख ४८ वर्षीय दलबहादुर विक,२२ वर्षीय लक्की शाह, जिल्ला कमिटी सदस्य ४० वर्षीय डम्बर सुनार, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष २५ वर्षीय सुवास जोशी छन् ।

यस्तै धनगढी उपमहानगरपालिका इन्चार्ज ३० वर्षीय प्रकाश रावल र जिल्ला सदस्य ३० वर्षीय बवरजंग सिंह पनि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अपराधिक क्रियाकलाप, राजद्रोह, कर्तव्य ज्यान, हातहतियार खरखजना, विस्फोटक पदार्थ तथा संगठित अपराधमा फरार रहेका दलबहादुर विकको खोजी गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्