समस्या समाधानका लागि सुझाव मात्र दिएको हुँ : गौतम – Kanika Khabar
Thursday, April 18Nepali News Portal

समस्या समाधानका लागि सुझाव मात्र दिएको हुँ : गौतम

    मा प्रकाशित


कनिका संवाददाता
बैशाख १५, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेम गौतमले शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीको भेटबारे मनमौजी टिकाटिप्पणी भएको बताएका छन् । बैशाख १३ गते शनिबारका दिन भएको भेटलाई विभिन्न ढङ्गबाट टिकाटिप्पणी हुन थालेपछि गौतमले आज गौतमले प्रेस नोट लेखेर टिकाटिप्पणीको खण्डन गरेका हुन् ।

प्रेस नोटमा लेखिएको छ —पार्टीभित्र र पार्टी र सरकारका बिच अनि अन्य पार्टी र सरकारका बिच उत्पन्नसमस्या समाधान कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भएका थिए । समय र परिस्थिति प्रतिकुल जारी अध्यादेशहरु खारेज गरिएपछि पनि अनेकौँ समस्या पार्टीभित्र उत्पन्न भएका छन् । यी समस्या समाधान पार्टी र पार्टी कमिटीलाई बाइपास गरेर होइन प्रधानमन्त्रीले प्रश्त्यक्ष छलफल गरेर सबै किसिमको विचारहरुको सामना गरेर मात्र गर्न सकिन्छ । उपाध्यक्ष गौतमले प्रेस नोटमा थप लेखेका छन् — सबभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरूको सुझाव सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्नोस् भनेर मैले प्रधानमन्त्रीलाई सुझाव दिएको हुँ, उहाँले धैर्यतापूर्वक मेरो सल्लाह सुन्नुभयो, थोरै बोल्नुभयो, म बिदा भएर आएँ, भएको यत्ति हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्