कनिका खबर
असार १५, दाङ ।
विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड दुई लाख नाघेको छ । अहिलेसम्म ५ लाख ४ हजारभन्दा बढीको ज्यान गएको हो । सङ्क्रमितमध्ये ५५ लाख ४७ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।
अमेरिकामा २६ लाख ३७ हजारभन्दा बढी सङ्क्रमितमध्ये एक लाख २८ हजारभन्दा बढीको ज्यान गएको छ । अमेरिकामा १ लाख ९३ हजारभन्दा बढी निको भएका छन् ।
ब्राजिलमा १३ लाख ४५ हजारभन्दा बढी सङ्क्रमितमध्ये ५७ हजार ६५ हजारभन्दा बढीको जनाको ज्यान गएको छ । यस्तै ६ लाख ३४ हजारभन्दा बढी सङ्क्रमित रहेको रुसमा ९ हजारभन्दा धेरैको ज्यान गएको छ ।
चौथो स्थानमा रहेको भारतमा ५ लाख ४९ हजारभन्दा बढी सङ्क्रमितमा १६ हजार ४८७ जनाको ज्यान गएको छ । भारतमा ३ लाख २१ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।