सभामुखको निर्णय गर्न काङ्ग्रेसको बैठक बस्दै – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

सभामुखको निर्णय गर्न काङ्ग्रेसको बैठक बस्दै

    मा प्रकाशित

काठमाडौँ, ४ माघ ।
प्रतिनिधिसभाको सभामुखको निर्णय गर्न नेपाली काङ्ग्रेसको पदाधिकारीको बैठक बस्ने भएको छ । सभामुखका लागि उम्मेदवारी दिने या नदिनेबारे निर्णय लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको हो।

प्रमुख सचेतक रमेश लेखकले सभापति शेरबहादुर देउवाले बिहान ९ बजे पदाधिकारी बैठक बोलाएको जानकारी दिएका छन्।

बैठकले सभामुखमा अन्य दललाई समर्थन गर्ने कि आफैँ उम्मेदवार बन्ने भन्ने टुंगो लगाउनेछ। संसद् सचिवालयले आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकेको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्