दाङमा चाेरीकाे आराेपमा एक जना पक्राउ – Kanika Khabar
Wednesday, May 1Nepali News Portal

दाङमा चाेरीकाे आराेपमा एक जना पक्राउ

    मा प्रकाशित

दाङ, ६ माघ

दाङमा चाेरीकाे आराेपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उप-महानगरपालिका वडा नं.४ घर भई वडा न.१५ काठेकोलमा डेरा गरी बस्ने १८ वर्षीय रेशम बहादुर चौधरी रहेका छन् ।

चाैधरी घोराही उप-महानगरपालिका वडा नं.१५ स्थित रहेको ग्लोबल ओरेन्स नेपाल भएको घरको मार्केटिङ गर्ने बिक्री गर्ने कोठाको ताल्चा फोडी नगद १ लाख ९१ हजार नगद रुपैया चोरी भएको आराेपमा पक्राउ परेका हुन् ।
निवेदनको आधार र घटनास्थलको प्रकृति,अपराध विधि समेत विश्लेषणको आधारमा यस कार्यालय बाट खटिएको प्रहरी टोलीले चोरहरुको खोजतलास गर्दै जाने क्रममा चाैधरी पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालयले बताएकाे छ ।

चाैधरीकाे डेरामा शंकास्पद रुपमा फेला पारी सोधपुछ तथा खोजतलास गर्दै जाने क्रममा हरियो रङ्गको प्लाष्टिकभित्र बिभिन्न दरको नेपाली रुपैया रु.१८८,०००।–(एक लाख अठ्ठासी हजार) रुपैया फेला पारी रित पुर्वक बरामद गरेकाे प्रहरीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्