अन्तर विद्यालय शिक्षक भलिबलको उपाधि गोरखा स्कुललाई – Kanika Khabar
Saturday, April 27Nepali News Portal

अन्तर विद्यालय शिक्षक भलिबलको उपाधि गोरखा स्कुललाई

    मा प्रकाशित

घोराही, ९ माघ ।

दाङमा अन्तर विद्यालय शिक्षक भलिबल प्रतियोगिताको उपाधि गोरखा इन्टरनेशनल सेकेण्डरी स्कूल घोराहीले हात पारेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङ शाखाको आयोजनामा सुरु भएको उक्त प्रतियोगितामा जनज्योति माविलाई हराउँदै गोरखा स्कूल प्रथम हुँदै उपाधि हात पारेको हो ।

 

आज सोमबार दिउँसो गोर्खा स्कूल घोराहीमा जनजोति मावि र गोर्खा माविबीच सम्पन्न भएको फाइनल खेलमा गोर्खा मावि प्रथम भएको हो, भने जनजोति मावि हार व्यहोर्दै

 

No description available.

दोस्रो भएको छ । प्रतियोगिताको तेस्रो स्थान दीपशिखाले हात पारेको छ । प्रतियोगितामा १४ वटा विद्यालयले प्रतिष्पर्धामा भाग लिएका थिए ।

प्याब्सन दाङका अध्यक्ष मधुसूदन केसीको अध्यक्षता एवं प्याब्सन दाङका सल्लाहकार जीवनकुमार आचार्यको प्रमुख आतिथ्यतामा उक्त प्रतियोगितामा सम्पन्न भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्