नेकपाले ‘कम्युनिस्ट स्कुल’ चलाउने – Kanika Khabar
Saturday, May 18Nepali News Portal

नेकपाले ‘कम्युनिस्ट स्कुल’ चलाउने

    मा प्रकाशित

काठमाडौँ, २५ माघ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ‘कम्युनिस्ट स्कुल’ सञ्चालन गर्ने भएको छ । पार्टीको नवौँ केन्द्रीय समितिको बैठकबाट यस्तो निर्णय गरिएको हो ।
नेता–कार्यकर्ताको क्षमता अभिवृद्धि तथा नेतृत्व विकास गर्न कम्युनिस्ट स्कुल सञ्चालन गर्ने निर्णय गरिएको पार्टीले जनाएको छ ।

पार्टीले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी बैठकका निर्णय सार्वजनिक गरेको हो । यही माघ ३ देखि ११ गतेसम्म पार्टी कार्यालय कपिलवस्तुमा बसेको केन्द्रीय समितिको बैठकबाट १५ बुँदे निर्णय गरिएको थियो ।

पार्टीले ‘जनआधारित पार्टी र जनआधारित नेता’ भन्ने नीति पनि पारित गरेको जनाएको छ ।आठ दिनसम्म चलेको बैठकले विश्व तेस्रो विश्वयुद्धतर्फ अघि बढिरहेको अवस्थामा वैज्ञानिक समाजवादी क्रान्ति र पुँजीवादको अन्त्यका साथै वैज्ञानिक समाजवादी सत्ताको स्थापना गर्नुपर्नेमा जोड दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्