आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै – Kanika Khabar
Saturday, May 18Nepali News Portal

आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

    मा प्रकाशित

काठमाडौं । सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक बस्दैछ ।

बुधवार अध्यक्ष ओलीको वालकोटस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओली बिच भएको भेटवार्ता पछि आज संयन्त्रको बैठक बस्न लागेको हो । सो भेटपछि प्रधानमन्त्री प्रचण्डले संयन्त्रको बैठक बसाउन दुवै नेता बिच सहमति भएको जानकारी दिनुभएकाे थियाे ।

दुई महिना नपुग्दै रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रचण्ड सरकारवाट बाहिरिएको स्थीति र माओवादी केन्द्रले ‘सहमतीय राष्ट्रपति’को अडान लिए पछि सत्तारुढ दलमा खटपटी सुरु भएको अवस्थामा यो बैठक बस्न लागेको हो ।

बैठकमा मुख्यत: प्रचण्ड सरकारको पुर्णता, राष्ट्रपतिको निर्वाचनलगायतको बिषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री निवास वालुवाटारमा हुने संयन्त्रको बैठकमा एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत सत्ता साझेदारका प्रतिनिधि नेताहरुको उपस्थीति रहनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्