यु–२० च्याम्पियनसिप : नेपाललाई हराउँदै बंगलादेशले जित्यो उपाधि – Kanika Khabar
Saturday, May 18Nepali News Portal

यु–२० च्याम्पियनसिप : नेपाललाई हराउँदै बंगलादेशले जित्यो उपाधि

    मा प्रकाशित

दाङ, २६ माघ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपालले दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।

बंगलादेशले ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल स्टेडियममा भएको फाइनल भिडन्तमा नेपालले दोस्रो स्थानमा चित्त बुझाउनु परेको हो । बिहीबार साँझ घरेलु टोली बंगलादेशसँग भिडेको नेपाल ३–० गोलले पराजित हुन पुग्यो ।

बंगलादेशले ४१ औं मिनेट पहिलो र ८६ औँ मिनेटमा दोस्रो गोल गरेको थियो । त्यसमाथि इन्जुरी समयमा थप एक गोल गरेपछि बंगलादेश महिला साफ च्याम्पियनको बिजेता बन्न सफल भयो । भारतलाई हराएर आएको नेपाल र भुटानलाई हराएर फाइनलमा पुगेको घरेलु टोली बंगलादेश फाइनलमा पुगेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्