लुम्बिनी प्रदेश : मन्त्रीपरिषद् विस्तारको तयारी – Kanika Khabar
Saturday, May 18Nepali News Portal

लुम्बिनी प्रदेश : मन्त्रीपरिषद् विस्तारको तयारी

    मा प्रकाशित

दाङ, २८ माघ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मन्त्रीपरिषद विस्तारको तयारी गरेका छन् । सम्भवतःभोलिसम्म प्रदेश मन्त्रिपरिषद विस्तार हुनसक्ने उनको सचिवालयले जानकारी दिएको छ ।

यसअघि नेकपा एमालेबाट चेतनारायण आचार्य र माओवादी केन्द्रका कृष्ण केसीले मन्त्रीको जिम्मेवारी पाएका छन् । नयाँ थपिने मन्त्रीहरुमा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा र इन्द्रजित थारु सम्भावित सूचीमा छन् ।

माओवादीले आर्थिक मामिला, आन्तरिक मामिला तथा कानून मन्त्रालय र भौतिक पूर्वाधार मन्त्री पाउने करिब निश्चित भएको छ । बाँकी७ मन्त्रालय बाँडफाँड गरेर साना दललाई समेत मिलाउने गरी एमालेले तयारी थालेको छ ।

मुख्यमन्त्रीसहित १० मन्त्रालयमा एमालेलाई ४, माओवादीलाई ३ तथा राप्रपा, जनमत र जसपाले एक एक मन्त्रालय लिनेगरी दलहरुले समझदारी बनेको छ । नागरिक उन्मुक्ति पार्टीले माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्