राजनीतिक स्थायित्वका लागि पुरानो राजनीतिक गठबन्धनन : नेता सिंह – Kanika Khabar
Saturday, May 18Nepali News Portal

राजनीतिक स्थायित्वका लागि पुरानो राजनीतिक गठबन्धनन : नेता सिंह

    मा प्रकाशित

घोराही, २८ माघ ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह मुलुकको राजनीतिक स्थायित्वका लागि पुरानो राजनीतिक गठबन्धनन कायम हुने संकेत गर्नुभएको छ । मुलुक र जनताको हितका निमित्त राजनीतिक समिकरण फेरबद्ल भैइरहने र अव पनि मुलुकको आवश्यकता अनुसार पुनः राजनीतिक समिकरण बद्लिनुलाई स्वभाविक मान्नु्पर्ने नेता सिंहले बताउनुभयो ।

सुदुरपश्चिम प्रदेश सरकार फेरबद्लको प्रशंग कोट्याउँदै नेता सिंहले यसलाई पुरानै राजनीतिक गठबन्धन कायम हुने संकेतका रुपमा चर्चा गर्नुभएको थियो । ‘राजनीतिमा मुलकको हितका लागि जे हुनुपर्छ, त्यो हुन्छ’, नेपाल प्रेस युनियन दाङले शनिवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता सिंहले भन्नुभयो,‘ सुदुरपश्चिम प्रदेश सरकार फेरबदलमा देखिएको राजनीतिक घट्नाक्रमले फरक राजनीतिक मोड लिन सक्ने देखिएको छ ।’ नेता सिंहले अहिलेको गठबन्धन दिगो रुपमा जान नसक्ने संकेत देखा परिसकेको समेत बताउनुभयो ।

संघीयतालगायतका उपलव्धीहरु कार्यान्वयनसँगै मुलुक र देशको हितका लागि बलियो गठबन्धन आवश्यक भएपनि बर्तमान गठबन्धनमा देखिएको अस्थीतरताले लामो समय जान नसक्ने देखाएको बताउनुभयो । ‘देशमा संघीयता लगायतका उपलव्धी कार्यान्वयनसँगै अहिले देखिएको संकट व्यवस्थापनका लागि बलियो गठबन्धनसहितको सरकार आवश्यक छ’,उहाँले भन्नुभयो,‘तर अहिलेको गठबन्धनमा असन्तुष्टि देखा परिसकेको छ । यो लामो समयसम्म जाने संकेत होइन ।’

नेपाली कांग्रेस प्रमुख बिपक्ष दल भएपनि सरकारका राम्रा कामलाई साथ र सहयोग गर्ने उद्देश्य अनुसार नै प्रधानमन्त्रीलाई विश्वास मत दिएको बताउनुभयो । प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव आर.के.शीतलले गरेका हुन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्