लुम्विनी प्रदेश : विना विभागीय मन्त्री कृष्णा केसीद्वारा राजीनामा – Kanika Khabar
Saturday, May 18Nepali News Portal

लुम्विनी प्रदेश : विना विभागीय मन्त्री कृष्णा केसीद्वारा राजीनामा

    मा प्रकाशित

दाङ, २८ माघ ।
लुम्विनी प्रदेशकी बिना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छन् । पुस २८ गते मुख्यमन्त्रीले सपथ लिएकै दिन माओवादी केन्द्रबाट बिना विभागीय मन्त्री बनेकी केसीले भोलि हुने मन्त्रीपरिषद् बिस्तारमा भौतिक पूर्वाधार माग गरेको तर पार्टीले आन्तरिक मामला तथा कानुन मन्त्रालय पठाउन खोजेपछि राजीनामा दिएको बताइएको छ ।

सरकारसँगको असन्तुष्टिभन्दा पनि पार्टिभित्रको असन्तुष्टिका कारण राजीनामाको कुरा आएको तर मुख्यमन्त्री समक्ष अझै राजीनामा पत्र नआएको मुख्यमन्त्रीको सचिवालयले बनाएको छ । आफु एक कार्यक्रमका लागि लुम्बिनी भएको र कुनै जानकारी नभएको मुख्यमन्त्री गिरीले बताए ।

राजीनामा बुझाएकी भनिएकी विना विभागीय मन्त्री कृष्णा केसीले आफूले राजीनामा पत्र मुख्यमन्त्री कार्यलयमा बुझाएको सबै कुरा त्यसमै उल्लेख गरेको र आफू घरतर्फ हिँडेको बताइन् ।

भोलि माघ २९ गते लुम्बिनी प्रदेशको मन्त्रीपरिषद् विस्तारमा आफूले माग गरेको मन्त्रालयमा जान नपाएपछि यसो गरेको हुन सक्ने माओवादी एक नेताले बताए । माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले राजीनामा बुझाएको बारेमा आफूलाई जानकारीमा आएको पुष्टि गरे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्