प्याब्सन आधारभूत तह स्तरीय फुटबल प्रतियोगिता सुरु – Kanika Khabar
Sunday, May 19Nepali News Portal

प्याब्सन आधारभूत तह स्तरीय फुटबल प्रतियोगिता सुरु

    मा प्रकाशित

लक्ष्मण बस्नेत
दाङ, २८ माघ ।
प्याब्सन आधारभूत तह स्तरीय फुटबल प्रतियोगिता २०७९ आज देखि दाङको बेल्झुण्डीमा सुरु भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) तुलसीपुर नगरको आयोजनमा आज शनिबारदेखि आधारभूत तह स्तरीय फुटबल प्रतियोगिता सुरु भएको हो ।

कार्यक्रमको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले उद्घाटन गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर खड्काले खेलकुद राष्ट्रको सान र पहिचान भएको बताए ।
शारीरिक रुपमा स्वस्थ र अनुशासित नागरिक तयार गर्ने थलो खेलकुद हो, यसले सिङ्गो राष्ट्रको गौरवलाई अन्तरास्ट्र्रिय जगतमा पहिचानका रुपमा स्थापित गरेकोछ उनले भने । खेलकुद आम नागरिकको पहुँचमा हुन आवश्यक छ यसका लागि स्थानीय स्तरबाटै खेलकुदको विकास र बिस्तार गर्ने दायित्व र जिम्मेवारीका साथ आफू लागि पर्ने उनको भनाई थियो ।

कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष ध्रुव आचार्य, प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसी, नेसनल प्याब्सन तुलसीपुर नगर अध्यक्ष शालिकराम कार्की, अप्टिमिस्ट तुलसीपुर अध्यक्ष मान बहादुर बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम प्याब्सन तुलसीपुर नगर अध्यक्ष गिरिराज डाँगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख आतिथ्य एवं ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्लको विशिष्ट आतिथ्यमा भएको थियो ।

प्याब्सन तुलसीपुर नगर उपाध्यक्ष डम्बर डाँगीको स्वागत रहेको कार्यक्रममा विभिन्न कला संस्कृति झल्कने नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको संचालन प्याब्सन तुलसिपुर नगर सचिव विष्णु योगीले गर्नु भएको थियो ।

यसैबिच प्रतियोगिताको उद्घाटन समारोह लगत्तै सहभागी विद्यालयका प्रीन्सिपल र पत्रकारबिच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकारको टिम शून्यका विरुद्ध ३ गोलले बिजयी भएको थियो ।

फागुन १ गते सम्म चल्ने प्रतियोगिताको बिजेता, उपबिजेता र तृतीय स्थान हासिल गर्ने विद्यालयले क्रमशः नगद ९ हजार, ७ हजार, ५ हजार कप मेडल तथा प्रमाणपत्र हात पार्नेछन् । त्यस्तै व्यक्तिगत बिधा तर्फ उत्कृष्ट खेल प्रदर्शन गर्ने बेस्ट प्लेयर, बेस्ट किप्पर, बेस्ट डिफेन्स, हाई स्कोरर खेलाडीलाई ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा २७ विद्यालयका फुटबल टिमको सहभागी रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्