शिक्षकले सामाजिक दायित्व भुुल्नुु हुदैन : सञ्चारमन्त्री शर्मा – Kanika Khabar
Monday, May 6Nepali News Portal

शिक्षकले सामाजिक दायित्व भुुल्नुु हुदैन : सञ्चारमन्त्री शर्मा

    मा प्रकाशित

दाङ, २८ माघ ।

सुचना तथा सञ्चार मन्त्री रेखा शर्माले शिक्षक समाजको सचेत र अग्रणी पात्र रहेकाले समाज विकास भूमिका निकै महत्वपूर्ण रहेको बताएकी छिन । एकीकृत अखिल नेपाल शिक्षक संगठन दाङको नवौ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएकी थिईन ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन दाङका अध्यक्ष हुकुुम बहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री शर्माले सामुदायिक शिक्षाका लागि राज्यले गरेको लगानीको उचित प्रतिफल समाजले अझै पाउन नसकाले त्यो उपलब्धी हासिल गर्न शिक्षक र शिक्षक संगठनहरुले महत्वपूर्ण भूमिका खेल्नुु पर्ने आवश्यक रहेको उनलको भनाई थियो ।

कार्यक्रममा संगठनका महासचिव निम बहादुर केसी , नेकपा माओवादी केन्द्रका दाङका ईन्चार्ज निर्मल आचार्य , नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा, नेकपा माओवादी केन्द्र दाङका संयोजक तुुलसीराम पुन, संगठनका केन्द्रीय सचिव यमप्रसाद अधिकारी, गणेश रिजाल लगायतकाले शुुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
झग्गुप्रसाद खत्रीको स्वागत मन्तव्यबाट सुुरु भएको कार्यक्रमको सहजीकरण सचिव जीतबहादुुर बिकले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्