सगरमाथा बालबाटिका इङ्लिस स्कुलको १६ औं वार्षिकोत्सव सम्पन्न – Kanika Khabar
Monday, May 6Nepali News Portal

सगरमाथा बालबाटिका इङ्लिस स्कुलको १६ औं वार्षिकोत्सव सम्पन्न

    मा प्रकाशित

दाङ, २८ माघ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवामा रहेको सगरमाथा बालबाटिका इङ्लिस स्कुलले १६ औं वार्षिकोत्सव मनाएको छ । आज शनिबार एक समारोहकाे आयाेजना गरी विद्यालयले १६ औँ वार्षिकोत्सव मनाएको हो ।

 

विद्यालय सञ्चालक समितिका अध्यक्ष यमकान्त खरेलको अध्यक्षता तथा तुलसीपुुर उपमहानगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष घनश्याम ढकालको प्रमुख अतिथ्यता एवं तुलसीपुर उपमहानगरपालिका बैठक व्यवस्थापन शाखा प्रमुख झरेन्द्र खरेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा वडा अध्यक्ष ढकालले शैक्षिक सुधारमा नीजि विद्यालयले खेलेको भूमिका प्रशंसनिय रहेको बताए । उनले सरकारले स्रोत साधनको व्यवस्था गर्दा पनि सरकारी विद्यालयको शैक्षिक सुधार हुन नसकिरहेको अवस्थामा नीजि विद्यालयले शिक्षाको क्षेत्रमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

तुलसीपुर उपमहानगरपालिका बैठक व्यवस्थापन शाखा प्रमुख झरेन्द्र खरेलले बालबालिकालाई किताबी शिक्षासँगै व्यवहारिक शिक्षा आवश्यक रहेको बताए । उनले अभिभावकले बालबालिकालाई घरमा व्यनवहारिकरुपमा काममा लगाउँदा बालश्रम नहुने बताए ।

एनप्याब्सन दाङका अध्यक्ष बिमल गौतमले अभिभावकले विद्यालयमा बालबालिका पठाएर मात्र जिम्मेवारी पुरा नहुने बताए । उनले आफ्ना छाराछोरीको शैक्षिक अवस्थाको बारेमा जानकारी राख्न कम्तिमा महिनामा एक पटक भएपनि विद्यालयमा अभिभावक पुग्नुपर्नेमा जोड दिए ।

शिक्षक पविता विकको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक छविकुमार वलीले प्रगति विद्यालयको कार्यपत्र प्रस्तुत गरेका थिए । उनले विद्यालयले संस्कारसहितको शिक्षामा जोड दिँदै प्रविधिमैत्री विद्यालय बनाउन लागि परेको बताए। उनले आगामी दिनमा कक्षा १२ सम्म विद्यालय संचालन गर्ने उद्देश्यका साथ तत्कालै भौतिक संरचना थप्न लागेको बताए ।

 

कार्यक्रममा रेडियो हाम्रो पहुँचका विभागिय प्रमुख बसन्त पौडेलले विद्यालयले शिक्षासँगै बालबालिकाको अतिरिक्त क्रियाकलापमा जोड दिएको भन्दै प्रशंसा गरे । कार्यक्रममा विद्यार्थी आरती खड्का, अभिभावक रूपा वली लगायतले शैक्षिक उपलब्धि हासिल गर्न शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्ध बलियो हुनुपर्नेमा जोड दिए । त्यस अवसरमा विद्यालयले विभिन्न प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कार र दुई जना अभिभावकलाई दोसल्लासहित सम्मान समेत गरेको छ । कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्