बिरेन्द्र मावि हेकुलीले चुम्यो रनिङ सिल्डको उपाधि – Kanika Khabar
Monday, May 6Nepali News Portal

बिरेन्द्र मावि हेकुलीले चुम्यो रनिङ सिल्डको उपाधि

    मा प्रकाशित

लक्ष्मण बस्नेत
२८ माघ, दाङ ।
दङ्गिशरण गाउँपालिका अन्तरगतका विद्यालय स्तरीय पाचौं रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०७९ को उपाधि बिरेन्द्र मावि हेकुलीले चुमेको छ ।

दङ्गिशरण गाउँपालिकाको आयोजना तथा बिरेन्द्र मावि हेकुलीको संयोजनमा तीन दिनसम्म सञ्चालित प्रतियोगिताको बिजेता बनेको बिरेन्द्र माविले लगातार तीन वर्ष जित निकाल्दै रनिङ सिल्ड कब्जा गरेको हो । उसले ११ स्वर्ण, १४ रजत र २ कास्य पदक जित्यो । उपाधिसँगै उसले नगद २० हजार हात पारेको छ ।
यस्तै सिद्ध पृथ्वी माबी श्रीगाउँ ७ स्वर्ण,७ रजत र ९ कास्य पदकका साथ दोस्रो भएको छ । उसले नगद १५ हजार पार्‍यो । त्यस्तै ज्ञानोदय ईङ्लिस बोर्डिङ स्कुल सरुवाडाँडा ५ स्वर्ण,१ रजत र ७ कास्य पदकका साथ तृतीय भयो । उसले नगद १० हजार हात पार्‍यो । त्यस्तै जनता मावि बुटुनिया ३ स्वर्ण,४ रजत र ५ कास्य पदकका साथ सान्त्वना स्थान प्राप्त गर्‍यो ।
तिन दिनसम्म सञ्चालित प्रतियोगितामा एथलेटिक्स तर्फका ट्रयाक एण्ड फिल्डका १३ ईभेन्ट्स र भलिबल, कबडी छात्रार छात्रमा कडा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा पालिकाका निजि तथा सामुदायिक गरी ८ विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिताको समापन समारोह दङ्गिशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा भएको थियो । सो अबसरमा बिजेता विद्यालय र खेलाडी तथा उत्कृष्ट खेल प्रदर्शन गर्ने एथलेटिक्स छात्रातर्फ बिरेन्द्र मावि हेकुलीका सुचना चौधरी, छात्रतर्फ सिद्ध पृथ्वी मावि श्रीगाउँका दिनेश परियार , त्यस्तै कबडीतर्फ सिद्ध पृथ्वी मावि श्रीगाउँका गोपाल केसी, छात्रातर्फ माया घर्ती, भलिबल छात्रातर्फ बिरेन्द्र नमुना मावि हेकुलीका टीका भुसाल, छात्रतर्फ बिन्दवासिनी बालमन्दिर प्रसडुवाका अशोक चौधरीलाई गाउँपालिका अध्यक्ष शम्भु गिरी, गाउँपालिकाका सामाजिक बिकास समितिका संयोजक रोशन जंग शाह, प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर वली, शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख बिनोद अधिकारी, जिल्ला खेलकुद बिकास समितिका सदस्य सन्तोष वली, प्राबिधिक सहायक उमा केसी लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रमको संचालन गाउँपालिकाका प्रेस संयोजक प्रमोद आचार्य र सचिवालय सदस्य प्रदिप चन्दले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्