प्याब्सन आधारभूत विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधि गोरखा माविलाई – Kanika Khabar
Sunday, May 19Nepali News Portal

प्याब्सन आधारभूत विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधि गोरखा माविलाई

    मा प्रकाशित

दाङ, २ फागुन ।
प्याब्सन आधारभूत विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधी गोरखा माबि तुलसीपुरले हात पारेको छ ।

आज भएको फाईनल खेलमा तुल्सी आवासिय माबिलाई शुन्यका बिरुद्ध २ गोलले पछिपार्दै गोरखा माबिले उपाधि चुम्न सफल भएको हो । तुलसी आवासिय माबि उपविजेतामा सिमित भएको छ ।

त्यसैगरि तुलसीपुर ७ मा रहेको हाम्रो पहुँच माध्यमिक विद्यालयले तेस्रो स्थान हासिल गरेको छ । आईडिएल बोर्डिङ स्कूललाई शुन्यका बिरुद्ध २ गोलले पछि पार्दै हाम्रो पहुँच माबि तेस्रो भएको प्रधानाध्यापक डिआर भण्डारीले जानकारी दिनुभयो ।

यसैबिच प्रथम स्थान हासिल गरेको गोरखा माबिले नगद ९ हजार का साथै कप, मेडल तथा प्रमाणपत्र हात पारेको छ भने क्रमश दोस्रो र तेस्रो स्थान हासिल गरेको तुलसी आवासिय माबिले क्रमश ७ हजार र ५ हजारका साथै कप, मेडल तथा प्रमाणपत्र हात पारेका छन् ।

त्यस्तै बेस्ट किपर अवार्ड हाम्रो पहुँच माबिका विद्यार्थी आयुस बिसीले प्राप्त गर्न सफल हुनुभएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्