नेविसंघको आयोजनमा वक्तृत्वकला प्रतियोगीता – Kanika Khabar
Monday, May 6Nepali News Portal

नेविसंघको आयोजनमा वक्तृत्वकला प्रतियोगीता

    मा प्रकाशित

दाङ,३ फागुन । नेपाल विद्यार्थीसंघ महेन्द्र बहुमुखी क्याम्पस इकाइ समितिको आयोजनामा राजनीतिमा युवा सहभागीता विषयक वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ ।

क्याम्पसमा अध्ययनरत १३ जना विद्यार्थीविच भएको वक्तृत्वकला प्रतियोगितामा ममता केसी प्रथम भएकी छिन । त्यसैगरी प्रतियोगितामा कौशीला शर्मा द्धितीय र मेनुका रावत तृतीय भएका छन् ।

नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पस इकाइ समितिकका उपसभापती दिपेन्द्र खड्काको अध्यक्षता एव नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष कुलराज पोख्रेलको प्रमुख आतिथ्यमा भएको वक्तृत्वकला प्रतियोगीता कार्यक्रममा प्रमुख अतिथि पोख्रेलले राजनीतिमा युवाहरुको नेतृत्वदायी भुमिका अहिलेको आवश्यकता रहेको बताएका थिए । उनले राजनीतिमा युवाहरुको अर्थपूर्ण सहभागिता रहनुपर्नेमा समेत जोड दिएका थिए ।

जिल्ला अध्यक्ष पोख्रेलले देशको शासन व्यवस्था परिवर्तनदेखि देशमा वहुदलीय व्यवस्था, प्रजातन्त्र, गणतन्त्रात्मक संघीय व्यवस्था प्राप्तिमा समेत युवाहरुले नेतृत्वदायी रुपमा अग्रपंतीमा रहेर आन्दोलन गरेको स्मरण गर्दै प्राप्त उपलव्धीको रक्षा र संघीय व्यवस्था कार्यान्वयनमा समेत युवाहरुले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

आजको राजनीतिमा युवा सहभागीता विषयक वक्तृत्वकला प्रतियोगीताको निर्णायकमा अधिवक्ता निर्मल गौतम, पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष वसुन्धरा गौतम र सचिव आर.के. सीतल रहेका थिए । नेपाल विद्यार्थी संघ महेन्द« वहुमुखी क्याम्पस इकाइ समितिले विहिवार पुरस्कार वितरण, नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत सम्मान कार्यक्रमको आयोजना गरेको इकाइ उपसभापती दिपेन्द्र खडकाले जानकारी दिएका छन् । कार्यक्रमको सहजीकरण इकाइ सचिव समीर केसीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्