जेम्सले मनायाे प्रदेश स्थापना दिवस – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

जेम्सले मनायाे प्रदेश स्थापना दिवस

    मा प्रकाशित

 

दाङ, ३ फागुन ।
दाङकाे घोराही उपाहानगरपालिका वडा न. १३ बडहरामा अवस्थित गोदावरी इङ्लिस मिडियम स्कुल (जेम्स) ले आज बुधबार एक कार्यक्रमको आयोजना गरी लुम्बिनी प्रदेश स्थापना दिवस मनाएको छ ।
लुम्बिनी प्रदेशकाे स्थापना दिवसका अवसरमा एक कार्यक्रमकाे आयाेजना गरी विद्यालयले प्रदेश स्थापना दिवस मनाएकाे हाे ।
कार्यक्रमा बोल्दै विद्यालयका प्रिन्सिपल हरिप्रसाद पौडेलले एकात्मक व्यवस्थाले निम्त्याएको विभेद तथा विकासमा आएको असन्तुलनलाई अन्त्य गर्ने उद्देश्यले आएको संघीयतालाई सबै मिलेर सफल बनाउनुपर्ने बताए । उनले भने, ७लुम्बिनी प्रदेशको राजधानी दाङ घोषणा भएसँगै खुसी भएका जनता अब लुम्बिनी प्रदेश देशकै उत्कृष्ट प्रदेश भएको देख्न चाहेका छन् । ’
गोदावरी चोकका आयोजित उक्त कार्यक्रमलाई सम्बाेधन गर्दै विद्यालय प्रवन्ध निर्देशक विष्णुप्रसाद  दाहालले लुम्बिनी प्रदेश स्थापना दिवसको शुभकामना दिदै प्रदेश सरकारलाई विकासको नयाँ मोडल प्रस्तुत गर्न सुझाव दिए ।
करिब ६०० विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीयहरु सहभागी रहेको उक्त कार्यक्रममा कोर्डिनेटर हेमराज देवकोटा, शिक्षक तिलकराम अधिकारी, बिद्यार्थीहरु कक्षा ७ की हन्ना शेर्पाली, कक्षा ८ का यहेम विष्ट, कक्षा ९ की सोफिया सुनार, कक्षा १० की अन्जु बुढा , कक्षा ११ की सुबेक्षा चौधरी , कक्षा १२ का कमल खनाल लगायतले मन्तव्य राखेका थिए ।
लुम्बिनी प्रदेश हाम्रो शान, हाम्रो पहिचान, लुम्बिनी प्रदेश स्थापना दिवस मनाउँछौँ मनाउँछौँ, फागुन ३ अमर रहोस् जस्ता नारा लगाउदै प्लेकार्ड सहित र्यालीमा भाग लिएका विद्यार्थीहरुले सडकमा प्रदेशको नक्सा बनाई दीप प्रज्वलन समेत गरेका थिए । उक्त कार्यक्रमको सहजीकरण शिक्षक बुद्धिप्रकाश आचार्यले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्