तुलसीपुरलाई खेलकुदको हव बनाउछौँ : मेयर खड्का – Kanika Khabar
Sunday, May 19Nepali News Portal

तुलसीपुरलाई खेलकुदको हव बनाउछौँ : मेयर खड्का

    मा प्रकाशित

लक्ष्मण बस्नेत
४ फागुन दाङ ।
तुलसीपुर उपमहानगरपालिका स्तरीय चौथो रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०७९ आज बिहिवारदेखि सुरु भएको छ । महेन्द्र मावि तुलसीपुरको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा सञ्चालित प्रतियोगिताको उद्घाटन तुलसीपुर नगर प्रमुख टिकाराम खड्काले गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि खड्काले तुलसीपुर उपमहानगरपालकिालाई खेलकुदको हवको रुपमा विकास गर्न आफू लागिपर्ने बताएका हुन् ।
‘भौगोलिक भुबनोट र हावापानीका दृष्टिकोणले उत्तम तुलसीपुर खेलकुदको हव बन्न खेल पूर्वाधार पहिलो आधार हो यसर्थ हामी आगामी वर्षदेखि खेल विकासको एथेष्ट कार्ययोजना लाई पहिलो प्राथिकतामा राखेर अगाडि बढ्ने तयारीमा छौँ ।’ उनले भने।

खेलकुद मावन स्वास्थ्यको अभिन्न अंग हो, देशको समृद्धीमा यसको महत्वपुर्ण भूमिका छ, यसले राष्ट्रको पहिचान र चिनारी सदैव उच्च राखेको छ त्यसैले आजैदेखि खेल विकासमा जुटौ सबैको सहयोग अनि सहकार्य भयो भने तुलसीपुर नगर खेलकुदको हव अवश्य बन्ने मेयर खड्काले बताए।

महेन्द्र मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ॠषिराज लहरे अरुणको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि तुलसीपुर नगर उपप्रमुख स्यानी चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

महेन्द्र मावि तुलसीपुरका प्रधानाध्यापक तथा प्रतियोगिताका सदस्य सचिव जितबहादुर थापाको स्वागत रहेको कार्यक्रममा तुलसीपुर नगर शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख चक्र भण्डारी, तुलसीपुर वडा न १८ का अध्यक्ष माधव वली,ईप्रका तुलसीपुरका प्रमुख पुष्पराज मल्ललगायतको उपस्थित रहेको थियो । कार्यक्रमको सञ्चालन आयोजक विद्यालयका शिक्षक गणेश अधिकारीले गरेका थिए ।

चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा तुलसीपुर नगर स्तरका सामुदायिक तथा निजी विद्यालय गरी ३३ विद्यालयको सहभागिता रहेको छ ।

यसैबिच आज सम्पन्न एथलेटिक्स तर्फका ट्रयाक एण्ड फिल्ड ईभेन्ट्समा गोरखा मावि तुलसीपुर ३ स्वर्ण पदका साथ अग्र स्थानमा रहेको छ । त्यस्तै जनप्रिय बोर्डिङ स्कुल बालापुर २ स्वर्ण, पदकका साथ दोस्रो स्थानमा रहँदा सिर्जना बालबाटिका बिजौरी १ स्वर्ण पदका साथ तेस्रो स्थानमा रहेको छ । प्रतियोगिता अन्तरगत भोलि शुक्रबार एथलेटिक्स, कबड्डी र भलिबल छात्र छात्रा, करातेतर्फ खेलहरु बिहान ८ बजेदेखि सुरु हुनेछ्न् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्