ज्ञानज्योतिको १३ औँ वार्षिकोत्सव : आज प्रभातफेरि – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

ज्ञानज्योतिको १३ औँ वार्षिकोत्सव : आज प्रभातफेरि

    मा प्रकाशित

No description available.दाङ, ५ फागुन ।
दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १३ डुमरगाउँमा अवस्थित ज्ञानज्योति एजुकेसनल एकेडेमीले प्रभातफेरि कार्यक्रम गरेको छ । १३ औँ वार्षिकोत्सव अभिभावक दिवसको अवसरमा आज शुक्रबारदेखि विद्यालयले खेलकुद सप्ताह सुरु गरेको छ । खेलकुद सप्ताहको प्रारम्भमा आज विद्यालयले बाजागाजासहित प्रभातफेरि कार्यक्रम गरेको हो ।

No description available.

विभिन्न सांस्कृति पोसाकमा सजिएका विद्यार्थीले शैक्षिक चेतनाका प्ले कार्डसहित प्रभातफेरि गरेका थिए । प्रभातफेरि कार्यक्रममा नेपाली लोकबाजाहरु बजाइएका थिए । आजदेखि प्रारम्भ भएको खेलकुद सप्ताह फागुन १० गतेसम्म चल्नेछ । विद्यालयले फागुन ११ गते १३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको कार्यक्रम आयोजना गर्ने भएको छ ।

No description available.

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्