ग्रेट बुद्धमा फुड फेस्टिभल – Kanika Khabar
Monday, May 6Nepali News Portal

ग्रेट बुद्धमा फुड फेस्टिभल

    मा प्रकाशित

No description available.दाङ, ५ फागुन ।
दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १० स्थित ग्रेट बुद्ध एकेडेमीमा फुड फेस्टिभल सम्पन्न भएको छ । कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुले फुड फेस्टिभल कार्यक्रम सम्पन्न गरेका हुन् ।
पेसा, व्यवसाय र प्रविधि विषयको प्रयोगात्मक कक्षा अन्तर्गत आज शुक्रबार कक्षा ८ का विद्यार्थीहरुले फुड फेस्टिभल कार्यक्रम सम्पन्न गरेका हुन् ।

प्रयोगात्मक कक्षा अन्तर्गत विद्यार्थीहरुले विभिन्न खाद्य सामग्री तयार गरेका थिए । फेस्टिभलमा मम, बर्गर, चटपटे, खिर, पानीपुरी, पुरी, अचार, पास्ता, स्प्रिङ रोल, बिरियानी, ढिक्री, सेल लगायतका खाद्य सामग्री तयार गरेका थिए ।

No description available.

विद्यार्थीहरुले तयार गरेको खाद्य सामग्री करिब १५ हजार रुपियाँ बराबरको बिक्री गरिएको थियो । आम्दानी रकमलाई कुनै पनि सामाजिक कार्यमा लगाउने विद्यालयका प्रिन्सिपल निर्मल न्यौपानेले बताए । ‘हरेक वर्ष पेसा, व्यवसाय र प्रविधि विषयका विद्यार्थीहरुले प्रयोगात्मक कक्षामा गरेको फुड फेस्टिभलबाट आम्दानी भएको रकमलाई सामाजिक कार्यसँग जोड्दै आएका छौँ । यस वर्षको आम्दानी रकमलाई पनि हामी सामाजिक कार्यसँगै जोड्ने छौँ ।’ प्रिन्सिपल न्यौपानेले बताए ।

विषय शिक्षक हरिश रावतको संयोजकत्वमा भएको कार्यक्रमको उद्घाटन प्रिन्सिपल न्यौपानेले गरेका थिए ।

No description available.

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्