असार २० गतेभित्र एसईईको प्राप्ताङ्क तालिका पठाउनु पर्ने – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

असार २० गतेभित्र एसईईको प्राप्ताङ्क तालिका पठाउनु पर्ने

    मा प्रकाशित

कनिका खबर
असार १६, दाङ ।
राष्ट्रिय परीक्षा बोर्डले विद्यालयलाई असार २० गतेभित्र माध्यमिक शिक्षा परीक्षा एसईईको प्राप्ताङ्क तालिका शिक्षा विकास तथा समन्वय इकाईमा पठाउन भनेको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले आगामी साउन १५ गतेभित्र एसईई नतिजा प्रकाशन गर्ने लक्ष्य अनुसार विद्यालयलाई ताकेता गरिएको जानकारी दिए ।
माध्यमिक शिक्षा परीक्षा कक्षा १० को विद्यार्थी मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ सबै विद्यालयले आफ्ना विद्यार्थीको मूल्याङ्कन गरी तालिका पठाउनु पर्नेछ । मूल्याङ्कन समितिले तयार गरेको प्रमाणित प्राप्ताङ्क तालिका मार्क लेजर असार २० गतेभित्र अनिवार्य रूपमा शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउनु पर्नेछ ।
त्यसैगरी समन्वय इकाईहरूले विद्यालयबाट प्राप्त प्राप्ताङ्क विवरण र मूल्याङ्कन समितिद्वारा प्रमाणित गरी पठाएको मार्क लेजर भिडाएर प्रयोगात्मक र सैद्धान्तिक अंकसहित असार ३० गतेभित्र परीक्षा बोर्डमा पठाइसक्नु पर्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्