मुलुकको समृद्धिका लागि राष्ट्रिय एकता आवश्यक : मुख्यमन्त्री गिरी – Kanika Khabar
Wednesday, May 1Nepali News Portal

मुलुकको समृद्धिका लागि राष्ट्रिय एकता आवश्यक : मुख्यमन्त्री गिरी

    मा प्रकाशित

दाङ, फागुन १२ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मुलुकको समृद्धिका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० घोराही नगर कमिटिले आयोजना गरेको ग्रास रुट अभियानअन्तर्गतको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘राष्ट्रिय एकताबाट मात्रै मुलुकको समृद्धि सम्भव हुन्छ । राजनीतिमा टुटफुट हुँदा अस्थिरता निम्तिन्छ । यो कुरालाई आत्मसात गर्दै राष्ट्रि«य एकता कायम गर्नुपर्दछ ।’
राष्ट्रपतिको निर्वाचनले गर्दा अस्थिरताका संकेत देखिन थालेको भन्दै मुख्यमन्त्री गिरीले पूर्व सहमतिबाट माओवादी केन्द्र पछाडि हट्दा समस्या उत्पन्न भएको बताउनुभयो । मुलुकको समृद्धि र स्थायित्वका लागि एमाले कटिबद्ध भएर लाग्दै आएको स्मरण गराउँदै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘एमाले सदैव समृद्धि र स्थायित्वको पक्षमा रहँदै आएको छ । स्थायित्वकै लागि भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरेका हौं । उहाँ पूर्व सहमतिबाट हट्दा मुलुकमा अस्थिरताका संकेतहरु देखिन थालेका छन् ।’

जनताको बहुदलिय जनवाद हुँदै मुलुकलाई समाजवादसम्म पु¥याउने अभियानमा एमाले रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का पोलिटब्युरो सदस्यसमेत रहनुभएको मुख्यमन्त्री गिरीले पार्टीको नीति तथा कार्यदिशा जनतासम्म लैजान नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । एमाले जबजको बैचारिक मार्ग र जनताको माया र सद्भावबाट हुर्किएको पार्टी रहेको बताउँदै मुख्यमन्त्री गिरीले पार्टीलाई जनतासँग जोड्न ग्रास रुट अभियान सञ्चालन गरिएको बताउनुभयो ।
कम्युनिष्ट पार्टीका बीचमा एकता र सहकार्य हुन नदिन राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको चलखेल बढिरहेको भन्दै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘जबजब कम्युनिष्ट पार्टीका बीचमा एकता र सहकार्य सुरु हुन्छ तबतब कम्युनिष्ट पार्टी एकता तोड्न राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको चलखेल सुरु हुन्छ । अहिले पनि त्यही सुरु भएको छ । यो कम्युनिष्ट पार्टी मात्र नभई सिंगो मुलुकको हीतमा छैन । यसतर्फ सबै सचेत भएर लाग्नुपर्दछ ।’

ग्रास उट अभियानलाई पार्टी निर्माणको महत्वपूर्ण अवसरका रुपमा लिने बताउँदै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘पार्टी निर्माणका लागि हामीले ग्रास उट अभियान सञ्चालन गरेका छौं । पार्टीले विजय हासिल गरेका स्थानीय तह जनप्रतिनिधिको नेतृत्वमा र पराजय बेहोरेको पालिकाका पार्टी नेताको नेतृत्वमा सभासद् दल गठन गर्नेछौं । यसले विकास निर्माणमा खबरदारी गर्ने काम गर्नेछ ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्