आईसीसी विश्वकप लीग–२ यूएईविरुद्ध नेपालको कीर्तिमानी जितसँगै नेपाल विश्वकप क्वालिफायरमा – Kanika Khabar
Wednesday, June 7Nepali News Portal

आईसीसी विश्वकप लीग–२ यूएईविरुद्ध नेपालको कीर्तिमानी जितसँगै नेपाल विश्वकप क्वालिफायरमा

    मा प्रकाशित

दाङ,२ चैत ।

अहिलेसम्मकै सर्वाधिक उच्च योगफल पछ्याउँदै नेपालले यूएईविरुद्ध कीर्तिमानी जित हात पारेको छ।

यो जितसँगै आईसीसी विश्वकप लीग–२ को तेस्रो स्थानमा उक्लिँदै नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपको ग्लोबल क्वालिफायरमा सिधै छनोट भएको छ।

बिहीवार यूएईलाई एक रोमाञ्चक खेलमा पराजित गरेपछि नेपालले सो उपलब्धि हात पारेको हो। नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै उच्च स्कोर पछ्याएको हो। यसअघि कीर्तिपुर मैदानमा एक महिनाअगाडि नेपालले नामिबियाविरुद्ध २८६ रन पछ्याएको थियो।

जितसँगै नेपालको अङ्क ४० पुगेको छ। ३९ अङ्कका साथ तेस्रो स्थानमा बसिरहेको नामिबिया भने चौथो स्थानमा रहँदै प्ले अफ क्वालिफायरमा झरेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार यूएईले टस जितेर नेपाललाई बलिङको निम्तो दिएको थियो । खराब मौसमका कारण ४५ ओभरपछि खेल हुन नसकेपछि डक वर्थ लुइस (डीएल) का आधारमा निर्णय लिइएको हो ।

कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख र गुल्शन झाको अर्धशतकले नेपालले आज यूएईलाई पराजित गरेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्