महिलाको भित्री बस्त्र देखाएर मानसिक यातना दिने युवक प्रहरी फन्दामा – Kanika Khabar
Saturday, May 11Nepali News Portal

महिलाको भित्री बस्त्र देखाएर मानसिक यातना दिने युवक प्रहरी फन्दामा

    मा प्रकाशित

शिवराज खनाल
देउखुरी,१३ चैत ।
दाङमा एउटा अनौठो घटना घटेको छ । महिलाले लगाउने भित्री बस्त्र देखाएर मानसिक यातना दिएको भन्दै लमहीमा एक युवक पक्राउ परेका छन् ।

लमही नगरपालिका ५ सनलाईट चोक नजिक बस्ने एक महिलालाई घरको झ्यालमा महिलाले प्रयोग गर्ने भित्री बस्त्र झुन्डाई मानसिक यातना दिने गरेको भन्दै लमही ५ निवासी ३० वर्षीय रवि थापा पक्राउ परेका हुन । प्रहरीले आज सोमबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको हो ।

लामो समयदेखि उक्त वस्त्रहरु झ्यालमा झुन्डाएर मानसिक यातना दिएको भन्दै पीडित महिलाले दिएको उजुरीको आधारमा प्रहरीले युवकलाई प्रकाउ गरेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शकर श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार ती युवकले अनलाईन कम्पनीमार्फत तीन महिनादेखि २४ वटा भित्री बस्त्र खरिद गरेको फेला परेको प्रहरीले जनाएको छ ।

उनले यो नयाँ र अनौठो प्रकृतिको घटना भएको बताए । उनले आरोपितलाई अभद्र ब्यबहार सम्बन्धी मुद्दा चलाईने तयारी प्रहरीले बताए ।

पक्राउ परेका युवकले दुई वर्षदेखि फेक आइडीबाट ती महिलालाई अश्लील भिडियो तथा फोटोहरु पनि पठाउने गरेको खुलेको छ । आरोपीलाई प्रहरीले एक साताको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्