मुलपानी सहित चार स्थानको मैदान निर्माणका लागि परिषद्द्वारा टेन्डर आह्वान – Kanika Khabar
Friday, September 29Nepali News Portal

मुलपानी सहित चार स्थानको मैदान निर्माणका लागि परिषद्द्वारा टेन्डर आह्वान

    मा प्रकाशित

कनिका संवाददाता
असार १८, काठमाडौं
राष्ट्रिय खेलकुद परिषद्ले मुलपानी क्रिकेट मैदानको निर्माणका लागि टेन्डर आह्वान गरेको छ । यसका साथै अरू तीन वटा मैदानको पनि टेन्डर खुल्ला गरेको छ । जसमा पाँचथरको फिदिम रंगशाला, हेटौडाको गौरीटार खेलकुद एकेडेमी र विरगञ्ज रंगशाला निर्माणका लागि टेन्डर आह्वान गरिएको छ । जसमा मुलपानी क्रिकेट मैदान निर्माणका लागि २७ देखि २८ करोडको विचमा टेन्डर आह्वान गरिएको छ भने पाँचथरको फिदिम रंगशालाका लागि १७ करोड बजेट राखिएको छ । यस्तै बहुबर्षिय योजनामा रहेको हेटौडा गौरीटार खेलकुद एकेडेमीका लागि ३ करोडको टेन्डर आह्वान भएको छ । विरगञ्ज रंगशालाका लागि २ करोडको टेन्डर खुल्ला गरिएको छ । यसका साथै परिषद्ले १५ दिने नोटिस जारी गरेको र त्यसपछि खुल्ला प्रतिस्पर्धाबाट आएकामध्येबाट एकलाई छनोट गरिने परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले बताउनुभयो । बर्षौदेखि काम भइरहेको मुलपानीको तल्लो मैदानमा अझैपनि निकै काम बाँकी रहेको छ । जसका लागि परिषद्ले नयाँ आर्थिक बर्षका लागि टेन्डर खुल्ला गरेको हो । पछिल्लो केहि बर्षदेखि काम हुँदै र बन्दै हुँदै गरेको मैदानमा केहि प्रगति हुन सकेको छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्