फुटसल प्रतियोगितामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विजयी – Kanika Khabar
Wednesday, May 1Nepali News Portal

फुटसल प्रतियोगितामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विजयी

    मा प्रकाशित

घोराही, २ वैशाख ।

त्रिभुवननगर जेसीजको जेसीज सप्ताहअन्तर्गतको फुटसल प्रतियोगितामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विजयी भएको छ । स्पोर्टस् एरिना घोराही–१७पनौरामाभएको खेलमा बैंकर्स क्लबअफ घोराही सिटीलाई हराउँदै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही विजयी भएको हो ।

खेलमा सहभागी त्रिभुवननगर जेसीज दुवै पहिलो चरणका दुवै खेलमा पराजीत भएको थियो । त्रिभुवननगर जेसीज र बैंकर्स क्लब अफ घोराही सिटीबीच भएको खेलमा ६ गोलको अन्तरले बैंकर्स विजयी भएको थियो । खेलमा जेसीजले ५ गोल गरेको थियो भने बैंकर्सले ११ गोल गरेको थियो । त्यसैगरी पहिलो चरणको अर्को खेल बैंकर्स र स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच भएको थियो । सो खेलमा २ गोलको अग्रताले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विजयी भएको थियो । बैंकर्सले ३ गोल र स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोलीले ५ गोल गरेको थियो ।

त्रिभुवननगर जेसीज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच भएको अन्तिम खेलमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विजयी भएको छ । खेलमा जेसीजले ८ गोल र प्रतिष्ठानको टोलीले ११ गोल गरेको थियो ।
पहिलो चरणबाट त्रिभुवननगर जेसीज बाहिरिएपछि फाइनल खेल बैंकर्स क्लबअफ घोराही सिटी र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच भएको थियो । खेलमा १ गोलले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विजयी भएको थियो । खेलमा प्रतिष्ठानका खेलाडीले ३ र बैंकर्सका खेलाडीले २ गोल गरेका थिए ।

खेलमा विजयी टिमलाई कार्यक्रमका प्रमुख अतिथि त्रिभुवननगर जेसीजका पूर्व अध्यक्ष दिपकश्रेष्ठले ट्रफि तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । खेलमा बैंकर्स क्लब अफ घोराही सिटीका सन्तोष बुढाथोकी बेस्ट प्लेएर घोषित हुनुभएको थियो ।

समापन कार्यक्रममा प्रमुखअतिथि दीपक श्रेष्ठले खेलले मानिसको स्वास्थ्यमा स्फूर्ति ल्याउनुका साथै अनुशासित समेत बनाउने बताउनुभयो । कार्यक्रममा त्रिभुवननगर जेसीजका निवर्तमान अध्यक्ष विवेक आचार्य, दाङ महिला जेसीजकी कार्यबाहक अध्यक्ष वसन्ता भण्डारी, बैंकर्स क्लब अब घोराही सिटीका डिल्लीराज भुसाल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. बिपिन खनालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

त्रिभुवननगर जेसीजका कार्यबाहक अध्यक्ष कृष्णदेव थापाको अध्यक्षतामा भएको कार्यक्रममा जेसीज सप्ताहका मूल संयोजक अमर अधिकारीले सप्ताहव्यापी कार्यक्रमबारे जानकारी गराउनुभएको थियो । प्रज्वल शाहले संयोजन गर्नुभएको कार्यक्रमको सञ्चालन महासचिव किरण गौतमले गर्नुभएको थियो ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्