आज एकैदिन ७ सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि – Kanika Khabar
Friday, April 19Nepali News Portal

आज एकैदिन ७ सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि

    मा प्रकाशित

कनिका संवाददाता
असार १९, काठमाडौं
पछिल्लो २४ घन्टामा नेपालमा ७ सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित जानकारीका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ७ सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । यो सँगै नेपालमा सङ्क्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । पछिल्लो २४ घन्टामा नेपालमा ४ हजार ४ सय ८३ पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा २ लाख ४२ हजार २ सय ४७ पीसीआर परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । त्यसैगरी क्वारेन्टाइनमा भने आज सम्म ३५ हजार ४ सय ७२ जना रहेका छन् ।

यस्तै आइसोलेसनमा ९ हजार ८४ जना सङ्क्रमितहरु उपचाररत छन् । पछिल्लो २४ घण्टामा ८ सय २३ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ६ हजार १ सय ४३ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्