नेकपाका दुइ अध्यक्षबीच छलफल – Kanika Khabar
Friday, March 29Nepali News Portal

नेकपाका दुइ अध्यक्षबीच छलफल

    मा प्रकाशित

कनिका संवाददाता
असार १९, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डवीच बालुवाटारमा आज छलफल भएको छ । पछिल्लो समय दुइ नेताबीचमा मतभेद देखिएको यसले पार्टी नै फुट्ने सम्मको स्थिति आएपछि समस्या समाधानका लागि दुइ अध्यक्ष बीचमा छलफल भएको हो । छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा समेत सहभागि हुनुभएको थियो । बिहान साढे ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म छलफल भएपनि छलफलले कुनै ठोस निष्कर्ष ननिकालेकोले भोली फेरि छलफल गर्ने सहमति भएको छ । नेकपाको स्थायी कमिटी बैठक भोली बिहान ११ बजे बस्दैछ । त्यसअघि दुई अध्यक्षबीच पुनः छलफल हुने नेताहरुले बताएका छन् । पछिल्लो केही दिनयता नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्