मा प्रकाशित
दाङ, ३० वैशाख ।
दाङकाे घाेराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित मेचीकाली सेकेन्डरी स्कुलमा स्कुल क्याप्टेनमा विजय वली चयन भएका छन् ।
हिजाे शुक्रबार भएकाे निर्वाचनमा वलीले १९६ मत प्राप्त गरेका थिए ।
त्यस्तै स्कुल उप क्याप्टेनमा मनिषा पुन मगर १२६ मत लिएर विजयी भएका छन् ।
निर्वाचनमा कक्षा ६ देखि १० सम्मका विद्यार्थी सहभागी रहेका थिए ।
कुल ३२५ मा २९५ मत खसेकाे थियाे भने २८५ मत सदर भएकाे निर्वाचन अधिकृत एकराज यादवले बताएका छन् ।


