घरभाडा घटाएर व्यवसायलाई राहत दिन उवासंघको आग्रह – Kanika Khabar
Monday, February 16Nepali News Portal

घरभाडा घटाएर व्यवसायलाई राहत दिन उवासंघको आग्रह

    मा प्रकाशित

दाङ, ९ जेठ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले घरभाडा घटाएर व्यवसायलाई बचाउन सहयोग गर्न घरधनीहरुलार्इ आग्रह गरेको छ । संघका अध्यक्ष टंकसिंह वुढाथोकी र महासचिव महेन्द्र वुढाथोकीले मंगलवार एक विज्ञप्ती जारी गरि यस्तो आग्रह गरेका हुन ।

विश्व आर्थिक मन्दीका कारण अर्थतन्त्र नेपाल पनि अछुतो रहन सकेको छैन त्यसकै परिणाम स्वरुप देशको विभिन्न आर्थिक क्षेत्र प्रभावित भई देशको उद्योग तथा वाणिज्य क्षेत्रलाई झनै ठूलो क्षती पु¥याएको छ । ‘संस्थाको कार्य क्षेत्रभित्र पर्ने विभिन्न व्यवसायिक सटर तथा घर टहराहरुको घरधनीहरुले यो मारबाट व्यवसायीहरुलाई केही राहतको महशुस होस् भन्ने हेतुले स्वविवेकले आ–आफ्नो घर भाडा शुल्क घटाउनु भएकोमा संघले धन्यवाद तथा आभार प्रकट गर्दछौ’,विज्ञप्तीमा भनिएको छ ।

यसैगरी अन्य घरधनीहरुले पनि व्यवसायीहरुलाई केही राहतको मलम पट्टी गराउनकोलागी यो अवस्था सुधार नहुँदासम्मका लागी आफुले खाइपाइ राखेको घरभाडा घटाएर व्यवसाय र व्यवसायी बचाउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुनेछ भन्ने आशा लिएको विज्ञप्तीमा भनिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्